सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान गरेका छन् । 

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान गरिएको हो।

आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । पुनर्स्थापित प्रतिनिधिसभाको तेस्रो बैठक चैत ३ गते (भोलि) बस्दैछ। त्यस अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो । यस अघिका प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रतिनिधि उपस्थित हुने बताइएको छ । 

Logo