एमाले विवाद : ओली र नेपाल समूहबीच वार्ता जारी

एमाले विवाद : ओली र नेपाल समूहबीच वार्ता जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच वार्ता सुरु भएको छ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेताहरुबीच आज पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको हो।

ओलीले नेता नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका भएपनि नेपालले एक्लै भेट्न अस्वीकार गरेपछि उनीहरुसहितका प्रतिनिधिहरु बीच छलफल भइरहेको हो। 

आजको वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका पाँच नेता सहभागी भएका छन् । यस्तै नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण विष्ट लगायतका नेता सहभागी भएका बताइएको छ ।वार्ता अहिले पनि जारी छ ।

Skip This
Skip This
Logo