नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। आजको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो ।
बैठक आइतबार पनि बसेको थियो । सो बैठकले पार्टीको नाम फेर्ने लगायतका ६ वटा एजेन्डा तय गरेको थियो ।
सोमबारको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूले धारणा राख्ने कार्यसूची तय गरिएको छ।
आजको बैठकमा जनार्दन शर्मा, गणेशमान पुन, शक्ति बस्नेत, पम्फा भुसाल, वर्षमान पुन लगायतले आफ्ना धारणा राखिसकेका छन् ।





























प्रतिक्रिया