नेपाल स्काउटले नुवाकोटको ‘ककनी अन्तर्राष्ट्रिय स्काउट सेन्टर’मा दोस्रो चरणको ६ दिने ‘रोभर रेन्जर’ आधारभूत तालिम सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल स्काउटको संयुक्त पहलमा सातै प्रदेशका स्काउटका सदस्यहरुको सहभागितामा ६ रात ५ दिनसम्म सञ्चालन गरिएको उक्त तालिम गत शनिबार युवा तथा खेलकुदमन्त्री दावा तामाङको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
.jpg)
दीर्घकालमा देशव्यापीरूपमा युवाहरू स्काउट हुनु पर्छ भन्ने मान्यताकासाथ १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूलाई स्काउटको तालिम प्रदान गर्न सक्षम स्काउट मास्टर तयार गर्न यो तालिमको आयोजना गरिएको नेपाल स्काउटका तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले बताए ।
.jpg)
तालिमले प्रशिक्षार्थीहरुलाई समाज तथा राष्ट्र सेवामा लाग्न महत्वपूर्ण भूमिका खेल्ने र तालिम प्राप्त प्रशिक्षार्थीहरुले व्यवहारमा लागू गरेर जानेमा आफू विस्वस्त रहेको उनले बताए । भण्डारीले अब नेपालमा हरेक स्कुल तथा कलेजहरुमा नेपाल स्काउटको क्रियु सञ्चालनमा ल्याउने बताए ।
.jpg)
तालिममा सात वटै प्रदेशबाट २ सय ६५ जना प्रशिक्षार्थी सहभागी थिए भने, प्रशिक्षार्थीहरूलाई २० जना प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइएको नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक देवराज घिमिरले बताए।
समापन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दावा तामाङले बालबालिका तथा युवाहरुलाई राष्ट्रिय भावनाको विकास, एकताको भावना, स्वयंसेवी भावनाको विकास गरेकाले नेपालका ७७ वटै जिल्लासम्म यो भावना पुग्ने बताए । उनले युवा तथा खेलकुद मन्त्रालय मातहतका चार वटै निकायहरुसँग समन्वय गरि नेपाल स्काउटलाई विशेष प्राथमिकता दिने बताए ।
.jpg)
६ दिन लामो प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनको संकेत गरिदिएको बताए ।
तालिममा सहभागी रक्षा तिमल्सिनाले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामुहिकतामा काम गर्न नेपाल स्काउटको यो तालिम महत्वपूर्ण भएको बताइन् ।





























प्रतिक्रिया