नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन्।
सोमबार संसदको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै मुख्य सचेतक खाँणले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताएका हुन्। मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि बिजनेश नदिएको उनको भनाइ छ । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनु पर्ने भएपनि ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भिर नभएको उनले बताए।
मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए।
प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ। मंगलबारको बैठकको कार्यसूचि हालसम्म तय भइसकेका छैनन् ।





























प्रतिक्रिया