ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २ लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ। गएको २४ घन्टायता मात्र पनि यहाँका एक हजार जनाभन्दा बढीको ज्यान गएको छ। अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ।
यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ। मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । यो संक्रमणबाट यहाँका १ करोड १५ लाख भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख १९ हजार ६०९ जना पुगेको छ। यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख संक्रमणमध्ये ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ। रासस





























प्रतिक्रिया