गए राति काठमाडौंको बल्खु स्थित सुकुम्बासी बस्तीमा एक महिलाको शव भेटिएको छ । बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला परेको हो।
बेवारिसे अवस्थामा फालिएको बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै घटनास्थल पुगेको प्रहरीले बोराभित्र महिलाको शव भेटाएका हुन् ।
शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको प्रहरीले जानकारी दिएको छ । मृतक सन्तोषी श्रीमानसँग सम्बन्ध बिग्रिएपछि जोरपाटी स्थित माइतीघर बस्दै आएकी थिइन् । सन्तोषीको टाउकोमा गम्भिर चोट देखिएको छ । ह्याम्मरले हानेर हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको र सन्तोषीका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया