काठमाडौं ।
चालु आर्थिक वर्षको दुई महिना(भदौ)सम्म ८.१ प्रतिशतले रेमिट्यान्स (विप्रेषण) वृद्धि भएको छ । यस अवधिमा १ खर्व ६५ अर्ब ७३ करोड रुपैँयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.६ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक अवस्थाले रेमिट्यान्स वृद्धि भएको देखिएको हो ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विभिन्न मुलुकमा रोजगारीमा गएका कामदारहरुको रोजगारी गुम्ने तथा तलब कटौती लगायतका कारणले राष्ट्र बैंकले रेमिट्यान्स घट्ने आँकलन गरेको थियो । तर नेपाल भित्रिने रेमिट्यान्स सबै औपचारिक माध्यमबाट आएकाले आँकलन गरे अनुसार भने रेमिट्यान्स घटेको छैन ।
अमेरिकी डलरमा रेमिट्यान्स २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।































प्रतिक्रिया