छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी छः सञ्चारमन्त्री गुरुङ

छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी छः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताएका छन्। 

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तर्क्रियामा उनले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न उक्त कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताए। 
    
‘सूचनाप्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने सरकारले योजना बनाएको छ’, मन्त्री गुरुङले भने, ‘त्यसका लागि सुझाव दिन म सरोकारवाला सबैलाई आग्रह गर्दछु।’

मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपालफ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढन निजी क्षेत्रलाई आह्वानसमेत गरे। उनले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत पनि गराए।

Skip This
Skip This
Logo