८ महिनामा १० पटक बढ्यो इन्धनको मूल्य, अब पेट्रोल ११८ रुपैयाँ प्रतिलिटर

८ महिनामा १० पटक बढ्यो इन्धनको मूल्य, अब पेट्रोल ११८ रुपैयाँ प्रतिलिटर

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगम लिमिटेडले गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) को मूल्यमा पनि २ रुपैयाँले बृद्धि गरेर प्रतिलिटर ७४ रुपैयाँ पुर्याइएको छ ।

खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको जनाइएको छ ।

आयल निगमले चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा १० औं पटक मूल्य बढाएको हो । साउन १७ गते बढाइएको मूल्यपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ९० रुपैयाँ थियो ।

यो अवधिमा पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ११ रुपैयाँ बढेको छ । अझै बढ्न सक्ने निगमले जनाएको छ ।

Logo