झलनाथ खनालद्वारा अध्यक्षता ग्रहण,’सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न कार्यकर्ता भेला’

झलनाथ खनालद्वारा अध्यक्षता ग्रहण,’सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न कार्यकर्ता भेला’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा सुरु भएको छ। आज र भोलि हुने कार्यकर्ता भेलाको अध्यक्षता पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको बताए । पार्टी अध्यक्ष केपी ओलीले पार्टी विधान अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको खनालले आरोप लगाए । ओलीले पार्टीका नेताहरुसँग सल्लाह नगरि आफ्नै मात्र निर्णय लाद्न खोजेकाले सरकार असफल बनेको उनको आरोप थियो । खनालले ओलीले भ्रष्टाचारलाई प्रशय दिने काम गरेको पनि खनालले बताए ।

बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
    
भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणापत्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल गरिनेछ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । 

सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभई सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र पार्टी बलियो हुने उक्त समूहको ठहर छ । 

एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेकाले भेला आयोजना गर्नु परेको आयोजकले जनाएको छ ।

Logo