मङ्गलबार भारतमा यसवर्षकै सबैभन्दा बढी कोरोना संक्रमण

मङ्गलबार भारतमा यसवर्षकै सबैभन्दा बढी कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन्।

यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो। गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो।  

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ३८ हजार ७२४ पुगेको सो मन्त्रालयले जनाइएको छ। कुल सङ्क्रमितमध्ये दुई लाख ३४ हजार ४०६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्। गत २४ घण्टामा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ। भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म तीन करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन्। 

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार ७८४ जनाको कोरोना परीक्षण गरिएको छ। मङ्गलबार एकै दिनमा नौ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ। रासस

Skip This
Skip This
Logo