‘जसपाको मुद्दाप्रति ओली सकारात्मक’ : लक्ष्मणलाल कर्ण

‘जसपाको मुद्दाप्रति ओली सकारात्मक’ : लक्ष्मणलाल कर्ण

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन्। 

सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दाहरुलाई संबैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन्। राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको दाबी गरेका हुन्।  प्रतिनिधिसभा पुनस्र्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वाम घटकहरु पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र नेकपा एमाले) मा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तिब्र बनेको छ। उनले सबै दलहरुसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए।

उनले  वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे। सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न–भिन्न भएको भन्दै उनले अरु दलको आडलिएर नेतृत्वमा पुग्न नहुने जनाएका हुन्।

Logo