काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासंघले तीन स्थान महासंघको कार्यालय टेकु, कार्की व्याङ्क्वेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने गरि निर्वाचनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार फरक फरक स्थानमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।
आगामी मङ्सिर ११ र १२ गते ५४ औं वार्षिक साधारण सभा गर्ने मिति तोकिएको छ । दुई दिन हुने साधारण सभामा १२ गते निर्वाचन हुनेछ । उक्त निर्र्वाचनका लागि उम्मेद्वारहरुको मनोनयन पत्र बुधवार देखिनै दाखिला गर्नु पर्ने भएको छ ।
दर्ता भएको मनोनयन पत्रको आधारमा उम्मेद्वारहरुको पहिलो नामावली मंसिर ४ गते साँझ ६ बजे प्रकाशित हुने भएको छ । उम्मेद्वारहरुका विरुद्धमा परेका दाबि विरोधको छिनोफानो पछि अन्तिम नामावली मंसिर ८ गते प्रकाशन हुने महासंघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।































प्रतिक्रिया