बायर्न अन्तिम आठमा प्रवेश

बायर्न अन्तिम आठमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

साविक विजेता जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै बायर्न क्वाटरफाइनलमा पुगेको हो ।

अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा ६-२ को जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४-१ को जित निकालेको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिमले एक एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा एरिकले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा लाजियोका मार्कोले एक गोल फर्काएपनि बायर्न २-१ ले विजयी भयो ।

Skip This
Skip This
Logo