चाडपर्वमा नुनको जोहो : ढिके नुनसँग भटमास र बेथे साट्दै डोटेली किसान

चाडपर्वमा नुनको जोहो : ढिके नुनसँग भटमास र बेथे साट्दै डोटेली किसान

केन्द्रबिन्दु
0
Shares

डोटी ।

चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् ।

किसानले प्रतिकिलो भटमाससँग तीन किलो र बेथेसँग साढे दुई किलो नुन साट्ने गरेका छन् । आदर्श गाउँपालिका मौवाका स्थानीयबासी तिलक ओझाले भने, “यो वर्ष गाउँमा भटमास र बेथेको राम्रो उत्पादन भएको छ । बिक्री गर्न तथा नुनसँग साट्न भ्याइ नभ्याइ छ ।”

किसानले आफूले उत्पादन गरेका भटमास तथा बेथे बिक्रीका लागि जिल्लाका प्रमुख बजार दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखान लगायतका ठाउँमा लाने गरेका छन् । किसानले भटमास नगदमा बिक्री गर्ने भन्दा पनि ढिके नुनसँग साट्ने गरेको दिपायल पिपल्लास्थित घटाल ट्रेडर्स एण्ड सप्लायर्सका व्यापारी वीक्रमबहादुर साउदले बताए । उनले भने, “ग्राहकहरु नगद भन्दा पनि नुनसँग सामान साट्न खुशी हुने भएकाले हामी बस्तु साटासाट गरिरहेका छौँ । हामीलाई पनि राम्रै भएको छ ।”

जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश गाउँँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारीकहाँ धाउँछन् । भटमास उत्पादन गर्ने किसान दैनिकजसो किलोका किलो भटमास लिएर ढिके नुनसँग साट्न आउँने तथा यहाँबाट कट्टाका कट्टा ढिके नुन लगेर फर्किने गरेको देख्न पाइन्छ । भाटमाससँग किसानले ढिके नुन साट्न थालेपछि यहाँका बजारमा अहिले भटमास सङ्लकहरुले ठाउँ–ठाउँमा ढिके नुनसहितका तराजु राखेर बस्ने गरेको दिपायलका स्थानीयवासी बहादुर कोलीले जानकारी दिए।

यहाँका किसानले वर्षायाममा प्राय सबैभन्दा बढी भटमास, बेथे, कोदो तथा अन्य दलहन बाली लगाउँदै आएका छन् । भटमास र बेथे प्रायः अन्य जङ्गली जनावरले नोक्सान नगर्ने भएका कारण पनि जिल्लामा सबैभन्दा बढी उत्पादन हुने गरेको जिल्ला कृषि समन्वय एकाइ, कार्यालयको तथ्याङ्कले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुनभन्दा पनि ढिके नुन बढी प्रयोग हुने भएका कारण किसान भटमाससँग ढिके नुन साट्न आकर्षित हुन गरेको स्थानीयबासीहरु बताउँछन् । गाई, भैंसीसहित अन्य बस्तुभाउलाई कुँडोमा ढिके नुन हालेर नै दिइने भएकाले पनि किसानहरु बढीजसो ढिके नुन नै खरिद गर्ने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी जहरसिंह खवासले बताए।

जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले गाउँमा आयोडिनयुक्त नुन प्रयोग गराउन आफूहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपनि अझै व्यापक प्रयोग नभएको बताए ।

कोरोना देखिएपछि वडा कार्यालय र सहकारी बन्द

जिल्लाको जोरायल गाउँपालिका ३ को कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । वडाध्यक्ष दिनेशकुमार मल्लले एक सूचना प्रकाशित गरी सो वडाको रावतकट्टेको बस्तीमा कोरोना देखिएको भन्दै समुदायमा थप संक्रमण फैलन नदिन आ–आफ्नो स्थानमा सुरक्षित बस्न आह्वान गरेका छन् ।

सोही वडाको लक्ष्मी सरस्वती बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका एक कर्मचारीमा पनि कोरोना सक्रमण देखिएपछि उक्त संस्था पनि पूर्णरुपमा बन्द गरिएको संस्थाका कार्यवाहक व्यवस्थापक विक्रम शाहले जानकारी दिए। जोरायल गाउँपालिकामा रहेको कृषि विकास बैंकले पनि नगद कारोबार नगर्ने भएको छ ।

Skip This
Skip This
Logo