काठमाडौंको चाल्नाखेलमा २ युवकको शव फेला, अनुसन्धान हुँदै

काठमाडौंको चाल्नाखेलमा २ युवकको शव फेला, अनुसन्धान हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको चाल्नाखेलमा २ युवकको शव फेला परेको छ । फेला परेका २ जना काभ्रेका मंगल तामाङ र नुवाकोटका अर्जुन खड्का रहेको प्रहरीले जनाएको छ।

रहस्यमय तरिकाले हत्या गरिएका दुई जना साथी-साथी रहेको र दुवै फरक-फरक विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थी भएको खुलेको छ । उनीहरुको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीले शव भेटिएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार घटनास्थलमा विषादीका बोतलहरु भेटिएको छ भने उनीहरुको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ ।

Logo