प्रहरी हत्याको आरोपमा सात जना पक्राउ

प्रहरी हत्याको आरोपमा सात जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याको आरोपमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, सोही ठाउँका राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

ती प्रहरीको गत असोज १ गते जुगेडाको दक्षिणी भागमा राति गस्ती गर्ने क्रममा धनगढी–१० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सीमामा अवैध सामानहरुको तस्करी गरी रहेको समूहलाई नियन्त्रणमा लिने क्रममा हत्या भएको थियो ।रासस

Skip This
Skip This
Logo