पोखरामा प्रदेशस्तरीय चित्रकला प्रतियोगिता

पोखरामा प्रदेशस्तरीय चित्रकला प्रतियोगिता

केन्द्रबिन्दु
0
Shares

इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ। 

दुई चरणमा सम्पन्न गरिएको प्रतियोगितामा  प्रथम चरणमा सहभागिता जनाएका १९७ चित्रमध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनोट गरिएको इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए। 

उनका अनुसार दोस्रो चरणमा प्रथम चरणबाट छनोटमा परेका उत्कृष्ट १२ प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए। स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना घोषित गरेका थिए। 

उनीहरु क्रमशः कुमुदिनिहोम्स माविका युकेस सुनार, हिलप्वाइन्ट माविका सपना नेपाली, कास्की मोडनाइज्ड एकेडेमीका जेसिका तिलिजा पुन र गण्डकी बोर्डिङ स्कुलका स्वरुप माकाजु रहेका छन्। उनीहरुले क्रमशः नौ हजार, छ हजार, तीन हजार र एक हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका थिए। 

कार्यक्रममा प्राज्ञ तथा विम्ब कवि रमेश श्रेष्ठले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउनु निकै प्रशंसनीय कार्य भएको बताए। कलासंस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्नुपर्ने उनको भनाइ थियो। 

निर्णायक संयोजक वरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असल कार्य गर्ने सकिने बताए। लायन्स क्लबका अध्यक्ष सुनिलकुमार ठाकुरले चित्रकला महत्वका बारेमा प्रकाश पारेका थिए।रासस

Skip This
Skip This
Logo