ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार ३०० को मृत्यु

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार ३०० को मृत्यु

केन्द्रबिन्दु
0
Shares

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ। आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचार अनुसार एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन भएको हो।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ। ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आइतबार सो कुरा बताएका छन्। 

यसैगरी आइतबार सम्ममा कोरोना संक्रमणबाट यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्। 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ। यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन्। 

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ। त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ। 

ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसिमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ। यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।

त्यसैगरी यसअघि यहाँको मृत्युदर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युदर बढेको पाइएको पनि बताइएको छ।रासस

Skip This
Skip This
Logo