सिंगटीको आइपीओ भर्ने आज अन्तिम दिन

सिंगटीको आइपीओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । सोमबारसम्म यसमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म १२ लाख २२ हजार ८३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ७.१४ गुणा बढी आवेदन हो । 
 
माग भन्दा बढी आवेदन परिसकेकाले मंगलबार बिक्री बन्द हुन लागेको हो । सिंगटीले चैत ६ गतेबाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

Logo