नेपालमा आज ३ हजार ९३ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ३ हजार ९३ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । आज ३ हजार ९३ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । आज निको हुनेको संख्या २ हजार १०८ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १३ हजार ८६१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख १४ हजार ७७९ रहेको छ । आज ४१ हजार ७७५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ७०२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ४८ हजार १७१, ललितपुरमा ६ हजार ६१५ र भक्तपुरमा ४ हजार ६८८ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ५९ हजार ४७५ पुगेको छ ।

Logo