महिलामन्त्री महतोद्वारा बालगृह स्थापनाका लागि अनुगमन

महिलामन्त्री महतोद्वारा बालगृह स्थापनाका लागि अनुगमन

केन्द्रबिन्दु
0
Shares

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गरेकी छिन्। 

नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ। प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाउनु पर्ने मन्त्री महतोले बताइन् । अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट गर्न निर्देशन दिइन्।

ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ। त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। 

अनुगमनमा सहभागी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गरे।रासस

Skip This
Skip This
Logo