इन्द्रसरोवरको पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने

इन्द्रसरोवरको पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने

केन्द्रबिन्दु
0
Shares

इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको इन्द्रसरोवर जलाशयमा वर्षातको समयमा पर्याप्त पानी नपरेका कारण ग्याप भरिन नसकेको भए पनि नियमित विद्युत उत्पादन गर्ने कार्यमा कुनै अवरोध नहुने कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ ।

कुलेखानी जलविद्युत प्रथम आयोजनाका प्रमुख धीरेन्द्रप्रसाद चौधरीले इन्द्रसरोवर जलाशयमा आज अपराह्नसम्ममा करीब १९ मिटर उचाइको सतहमा पानी भरिन बाँकी रहेको भए पनि कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावार्ट गरी कूल १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिने बताए ।
    
उनले भीमफेदी गाउँपालिका– ४ को कुलेखानी प्रथम, भीमफेदी–२ को भैँसेबाट कुलेखानी दोस्रो र वडा नं १ सानोटारबाट उत्पादित विद्युत् काठमाडौँको केन्द्रित ग्रिटमा जोडिएको र अब वर्षाको मौसम नआउनजेलसम्म विद्युतको उत्पादनमा घटबढ नहुने भएको स्पष्ट पारे ।

कुलेखानीबाट उत्पादिन विद्युत् उपभोक्ताको मागबमोजिम काठमाडौँ, हेटौँडालगायत विभिन्न शहरका उपभोक्ता र औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् आपूर्ति गर्दै आएको पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख चौधरीले जानकारी दिए । रासस

Skip This
Skip This
Logo