काठमाडौं ।
नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछि भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतिय गायिका दीपशीखाको स्वर रहेको छ ।
नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारतिय गायिका दीपशीखाले पनि पहिलो पटक लोकदोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् । नेपालको इतिहासमै भारतिय गायिकाले लोकदोहोरी गाएको यो नै पहिलो पटक हो । क्लासिकल विधामा अब्बल रहेकी दीपशीखाले ७० भन्दा बढी गीत गाईसकेकी छिन् । भारतको लखनउमा जन्मिएकी उनी मुम्बईमा बस्दै आएकी छिन् । उनले हालसम्म १० भन्दा बढी नेपाली गीत गाईसकेकी छिन् । उनले रेडियो नेपालमा समेत गीत रेकर्ड गराईसकेकी छिन् ।
भिडियोको निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, कास्टिङ निर्देशन राजाराम गौतम, कोरियोग्राफ सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, श्रृंगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाईं, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ ।
प्रभावन जे को शब्द रहेको गीतमा एरेन्ज जीवन वडुको रहेको छ । गीतको भिडियो डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो:





























प्रतिक्रिया