कोइला खानी दुर्घटना: चारको मृत्यु

कोइला खानी दुर्घटना: चारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन् । 

उनीहरुको शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जनाएको छ ।

बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको  थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

Logo