काठमाडौं ।
गायक सीताराम पोखरेलको स्वरमा रहेको गीत ‘मनको मैलो’ सार्वजनिक भएको छ। हेमन्त खतिवडाको शब्द, सञ्जय हमालको संगीत तथा संगीत संयोजन रहेको गीत सार्वजनिक भएको हो।
दुई दर्जन भन्दा बढी भिडियो निर्माण गरिसकेका गायक सीताराम पोखरेलको पछिल्लो गीत नेपालीहरुको महान् पर्व बडा दशैंको सन्द्भ पारेर रिलिज भएको हो।
समन अधिकारीको निर्देशन रहेको यस गीतको भिडियोमा अभिनेत्री रिमा विश्वकर्मासँगै गायक पोखरेल, आयुषी ढकाल तथा हेमा श्रेष्ठको अभिनय छ ।
फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियो ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यस गीतमा बैदेशिक रोजगारीको विषयलाई विशेष प्राथमिकता दिइएको छ । भिडियो :































प्रतिक्रिया