वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

केन्द्रबिन्दु
0
Shares

महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्धविच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्धविच्छेदका छन्।

यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए। ‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले महिला र पुरुषलाई अदालतसम्म ल्याइपुर्‍याएको हो।’ सम्बन्ध विच्छेदका लागि निवेदन गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ।

वैदेशिक रोजगारीमा गएर फर्केका युवामा सम्बन्ध विच्छेद गर्ने क्रम सबैभन्दा बढी छ। वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषले महिलासँग र महिलाले पुरुषसँग सम्बन्ध विच्छेद गर्न चाहेको देखिएको उनले जनाए। आजको नागरिक दैनिकमा समाचार छ ।

Skip This
Skip This
Logo