भारतमा एकैदिन ६२ हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन ६२ हजार कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण उच्च हुँदै गएको छ। विगत २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै भारतमा हालसम्म ५ करोड ८१ लाखले खोप लिएका छन्। तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या हरेक दिन बढेको हो।

प्राप्त समाचार अनुसार महाराष्ट्र, पञ्जाब र गुजरात प्रान्तमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ। पछिल्लो २४ घण्टाको समय अनुसार २९१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Logo