काठमाडौं महानगरपालिका-२४ विशालबजार नजिकबाट श्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँसहित काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ वर्षीय गणेश पाण्डेलगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।































प्रतिक्रिया