केही दिनदेखि राजधानी लगायत देशभर जारी वायु प्रदूषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि विदा दिने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले विद्यालयहरु ४ दिन बन्द गर्ने निर्णय गरेको हो। सो निर्णय अनुसार चैत १७ गतेदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने भएको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो।
केही दिनदेखि तुवाँलोका कारण काठमाडौँ लगायत देशभर वायु प्रदूषण बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ।
जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन शैक्षिक संस्था बन्द गरेर विद्यार्थीहरुको स्वास्थ्यलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।































प्रतिक्रिया