नेपालमा आज १४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १४१ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ। आज १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३४१ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ। 

आज कसैको पनि मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ६४ हजार २६८ जनाको पीसीआर परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo