विश्वकप छनौटमा नेदरल्यान्ड्सकाे सहज जित

विश्वकप छनौटमा नेदरल्यान्ड्सकाे सहज जित

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनौटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७–० ले पराजित गरेको हो ।

खेलको ४२ औ मिनेटमा स्टेभन वर्गहुइसको गोलबाट नेदरल्यान्ड्सले पहिलो हाफमा १–० को अग्रत लिएको थियो । 

खेलको ५५औं मिनेटमा लुक डि जोङले स्टेभनको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रत दोब्बर पारे ।

६१औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दा नेदरल्यान्ड्स ३–० ले अघि बढ्यो । ६२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरेपछि नेदरल्यान्ड्स सहज जिततर्फ अग्रसर भयो । ६४औं मिनेटमा डोनीएल मालेनले गोल गरेपछि नेदरल्यान्ड्स फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८५औं मिनेटमा डोनी भान डि विकले गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा ६–० को आरामदायी अग्रता लिन सफल भयो । ८८औं मिनेटमा मेम्फिस डिपाएले ओवेनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौ गोल गर्दै नेदरल्यान्ड्सलाई ७–० को फराकिलो जित दिलाए ।

Skip This
Skip This
Logo