बैतडीको सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन सुरु

बैतडीको सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन सुरु

केन्द्रबिन्दु
0
Shares

बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन सुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । उनले भने, ‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन सुरु गरिएको हो ।’ सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए । सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम सुरु भइसकेको  हो । उनी भन्छन्, ‘चीनका विज्ञ टोली आएर खानी उत्खनन सुरु भएको छ ।’

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । उनले भने, ‘खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ ।’ खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्याउने लगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ । रासस

Skip This
Skip This
Logo