बाग्लुङ सामूहिक झडप प्रकरण : मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

बाग्लुङ सामूहिक झडप प्रकरण : मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

केन्द्रबिन्दु
0
Shares

होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवै जनाको शव बुधबार अन्त्येष्टि गरिएको छ।

गत आइतबार बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो।

उनीहरुको शव सोमबार बुर्तिबाङ परीक्षणका लागि लगिएको थियो। शव परीक्षण भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवारले शव बुझ्न मानेका थिएनन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन्। शव बुझेपछि परम्परागतरुपमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति दोर्ण कुँवरले बताए। दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको छ।

उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएका थिए । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाईं सक्रिय कार्यकर्ता हुन्।रासस

Skip This
Skip This
Logo