दुरसञ्चारमा परेका गुनासाको अन्त्य गरिन्छः मन्त्री गुरुङ

दुरसञ्चारमा परेका गुनासाको अन्त्य गरिन्छः मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताएका छन् । 

बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तरसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवासम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताएका हुन् । आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सधैंका लागि अन्त्य गरिने प्रतिवद्धता व्यक्त गरे । गुनासो समाधानका लागि दुरसञ्चारसम्बन्धी सबै सरोकारवाला एकै ठाउँमा बसेर समिक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङको भनाइ छ । 

मन्त्री गुरुङले टावर निर्माणका लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समीक्षा गर्ने स्पष्ट पारे । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि बताए ।

Skip This
Skip This
Logo