नाइजेरियाली सैनिक विमान सम्पर्कबाहिर, दुर्घटना भएको आशङ्का

नाइजेरियाली सैनिक विमान सम्पर्कबाहिर, दुर्घटना भएको आशङ्का

केन्द्रबिन्दु
0
Shares

नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको त्यहाँको वायुसेनाले पुष्टि गरेको छ ।

उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गरे ।

विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको उनले बताए। समाचार तयार पार्दासम्म विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन। 

विमान एक्कासी सम्पर्कबाहिर गएकाले कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घटनाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन्। 

विमान रहेको ठाँउ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लगाइ नसकिएको बताउँदै यसबारे थप सूचना आउँदासाथ जानकारी गराइने प्रवक्ता गाब्वेटले जानकारी गराए।

विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोवस्तीका सामान लिएर गएको उनले बताए। उनले विमानको खोज र उद्धार प्रयास जारी रहेको बताए।रासस

Skip This
Skip This
Logo