कैलालीकाे पेट्रोल पम्पमा मुक्तिनाथ विकास बैंककाे क्युआर कोड

कैलालीकाे पेट्रोल पम्पमा मुक्तिनाथ विकास बैंककाे क्युआर कोड

केन्द्रबिन्दु
3
Shares

मुक्तिनाथ विकास बैंककाे कैलाली जिल्लाको लम्की शाखाले लम्कीचुहा नगरपालिका वडा १० स्थित जयबागेश्वरी आयल स्टोरमा क्युआर कोड वितरण गरेको छ । 

बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै आयल स्टोरहरुमा समेत क्युआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको हो । आयल स्टोर अर्थात पेट्रोल पम्पहरुमा क्युआर कोड राख्दा लम्की नगरपालिका क्षेत्रका सेवाग्राहीहरुले डिजेल र पेट्रोल खरिद गरे बापतको रकम सम्पूर्ण क्यूआर कोडबाट नै भुक्तानी गर्न सक्नेछन् ।

क्यूआर कोड राख्दा मानिसहरुले गोजीमा नगद पैसा बोकेर हिड्नुपर्ने झन्झट नहुने र सुरक्षित रुपमा भुक्तानी गर्ने सकिने भएकाले बैंकले क्युआर कोड बिस्तारमा जोड दिइरहेको बैंकको लम्की शाखाका शाखा प्रबन्धक ओमकार जोशीले बताए ।  क्युआर कोड वितरणपछि शाखाका प्रबन्धकले क्युआर प्रयोग गर्ने तरिकाका विषयमा जानकारी सकेत दिएका थिए । 

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था समेत गर्दै आएको छ । 

Skip This
Skip This
Logo