काठमाडौं ।
गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) हाल विश्वभर महामारीकारुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमण सुरुवाती दिनहरुमा सर्वसाधारणमा मात्रै देखिए पनि पछिल्लो समय विश्वका शक्तिशाली व्यक्तिहरुमा समेत देखिन थालेको छ ।
महामारीकारुपमा फैलिरहेको यस भाइरसबाट हलिउड र बलिउडका थुप्रै कलाकार संक्रमित भएका छन् । ती मध्ये कतिले कोरोना जितेर घर फर्किसकेका छन् भने कतिपयले ज्यान समेत गुमाएका छन् ।
कोरोना त्रासमा विदेशी कलाकार गुज्रिरहँदा यस भाइरसबाट नेपाली कलाकारहरु पनि अछुतो रहन सकेका छैनन् । हाल नेपालमा पनि एक दर्जन भन्दा बढी कलाकारहरु यस भाइरसबाट संक्रमित भईसकेका छन् । कतिपयले यस भाइरसलाई परास्त गरिसकेका छन् भने कतिपय अझै पनि लडिरहेका छन् । आजको यस रिपोर्टमा हामी तिनै संक्रमित कलाकारहरुको विस्तृत विवरण प्रस्तुत गर्दैछौं । को को हुन् त कोरोना पीडित नेपाली कलाकार ? हेरौं यो भिडियोमा :































प्रतिक्रिया