साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचकले आइतबारदेखि निरन्तर रुपमा नयाँ रेकर्ड राख्दै आएको छ ।
आइतबार नेप्से परिसूचक २५.७१ अंक बढेर २ हजार ६५७.६१ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । तर नेप्सेले आइतबारको रेकर्डलाई पनि तोड्दै आज १५.७२ अंकले बढेर २ हजार ६७४.४६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । यो विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो।
आइतबार नेप्सेसहित कारोबार रकम समेत वृद्धी भएको थियो । तर आज कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आज सबैभन्दा बढी होटल तथा टुरिजमा लगानीकर्ताहरु झुमिएका छन् ।
मंगलबार सेन्सेटिभ इण्डेक्स ४.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ। आज नेप्सेमा २१३ कम्पनीको ८१ हजार ७५३ पटकको कारोबारमा ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४८८ कित्ता शेयर खरिदबिक्री भएको छ।
यसैगरी आज ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको चन्द्रगिरी हिल्स, चिलिमे हाइड्रो कम्पनी, युनाइटेड इर्दी मर्दी आरवी हाइड्रो, युनिर्भसल पावर कम्पनी, वोमी माइक्रोफाइनान्सकोे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सानीमा इन्स्योरेन्स, अजोर्ड इन्स्योरेन्स,युनाइटेड फाइनान्स र जनरल इन्स्योरेन्सकोे शेयरमूल्य भने घटेको छ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। आज, होटल तथा टुरिजम उपसमूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशत बढेको छ। त्यसैगरी, हाइड्रो उपसमूहको ४.४६ प्रतिशत, मेन्युयल फ्रो ३.२९ प्रतिशत र इन्भेष्टमेन्ट २.४६ प्रतिशत,विकास बैकिङ उपसमुहको १.१२ प्रतिशतले बढेको छ।
कारोबारमा आएको ट्रेडिङ उपसमूहको परिसूचक आज सर्वाधिक ९.४६ प्रतिशत घटेको छ भने नन लाइभ इन्स्योरेन्स उपसमूहको २.०३ प्रतिशतले घटेको छ।































प्रतिक्रिया