नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० जना पुगेको छ। आज २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९७९ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ।
आज कसैको मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ९४ हजार ६७ जनाको पीसीआर परीक्षण गरिएको छ।





























प्रतिक्रिया