पर्वत।
पर्वत जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो ।
उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको बुझिएको छ । मृतकको शव ब्यबस्थापनका लागि आज बिहान डिसीसिएमसीको बैठक बोलाइएको छ ।
अस्पतालमा गम्भीर अबस्थामा रहेकी संक्रमित महिलालाई होम आइसोलेसनमा पठाइएका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । मृत्युको आधिकारीक रुपमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने जानकारी गराइसकेको छैन ।नेपाल समाचारपत्रबाट































प्रतिक्रिया