यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध मुद्दा

यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुतीर्ण भएकालाई नतिजा परिवर्तन गरेको पाइएको छ । सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ । 

यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन् । उनीहरूले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । यसैगरी आयोगले महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ । 

सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको सङ्लग्नता रहेको पाइएको छ । आयोगले उनीहरूविरुद्ध ६ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । अनियमितता गरेकोमध्ये छ लाख १५ हजार बराबरको रकमसमेत बैंकमा दाखिला भएको पाइएको छ । 

Skip This
Skip This
Logo