नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयो गर्यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने बताए । त्यसका लागि उदार बनेर वा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने उनको जिकिर छ ।
पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलको भनाइ छ । अहिलेको सरकारका कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनका लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने उनले बताए ।
समुदायलाई लोतान्त्रिकरण गर्न आफूलाई पनि लोतान्त्रिककरण बनाउन तयार हुनुपर्ने पनि उनले बताए । अहिले कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रिएकाले त्यसको लडाईंमा लाग्न कर्मचारीहरुलाई आग्रह पनि गरे ।































प्रतिक्रिया