निजी क्षेत्रको मनोबलमाथि उठाउन जरुरी छ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको मनोबलमाथि उठाउन जरुरी छ : अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबलमाथि नउठाइकन र आत्मविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताएका छन्।

निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको समुदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए। उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि बताए । 

कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका पयत्न गरेको बताए। ती सबै चिजहरु क्रमिकरुपमा कार्यान्वयमा आएको पनि उनले बताए। 

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान गर्न निजी क्षेत्रलाई गतिशील ढङ्गले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रीत भएर छलफल गरिरहेको पनि उनले बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यसपटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडको कारणले थला परेको अर्थतन्त्रको पुनर्उत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे। 

आयातको तुलनामा निर्यात कम भएको तर आयातलाई रोक्न नहुने पनि वरिष्ठ उपाध्यक्ष ढकालले बताए। उत्पादन बढाउँदा आयात आफैं निरुत्साहित हुने उनको भनाइ छ। नितिगतरुपमै व्यापारलाई भन्दा उद्योग प्रतिष्ठानलाई जोड दिन पनि माग गरे ।

Skip This
Skip This
Logo