नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सडक संघर्षमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए।
संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, “जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ।”
प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए। उनले भने, “कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ।”































प्रतिक्रिया