कोभिड संक्रमणको जोखिमका बाबजुद पनि बैंकहरुमा भिडभाड

कोभिड संक्रमणको जोखिमका बाबजुद पनि बैंकहरुमा भिडभाड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुईंचो बढेको छ । बैंकहरुले सबै शाखा कार्यालयहरु मार्फत सेवा दिए पनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ । दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोले पनि भिड बढेको देखिएको छ ।

कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडक सम्मै आएको देखिएको छ । कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् ।

बैंकहरुले डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाए पनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंक सम्म पुग्नै पर्ने बाध्यता रहेको छ । यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरीपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।

Logo