आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। आजको बैठकमा कोरोना संक्रमण रोकथामका लागि छलफल हुने बताइएको छ।
शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ। जसमा स्वास्थ्य मापदण्ड पालना कडाइका साथ लागू गर्नु पर्ने विषय समेटिएको छ ।
यसका साथै काठमाडौं लगायतका कोरोना जोखिम हुने सक्ने सहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द गर्न पनि सिफारिस गरिएको छ। स्वास्थ्य मन्त्रालयले पनि २५ जना भन्दा बढी भेला हुने नपाइने बताउँदै १० बुँदे अनुरोध सार्वजनिक गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकमा यिनै विषयमा छलफल हुने बताइएको छ । हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। आजको बैठक यसैको निरन्तरता हो।































प्रतिक्रिया