किरण र मिरुनाको अभिनयमा ‘म तिम्रै’ सार्वजनिक (भिडियो)

किरण र मिरुनाको अभिनयमा ‘म तिम्रै’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

सलीन मगरको आवाज, शब्द, लय सिर्जना र सङ्गीत संयोजनमा नयाँ गीत ‘म तिम्रै’ सार्वजनिक गरिएको छ। आइतबार एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो। 

केन्द्र मोसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। बिकेश मगरको छायाङ्कन, सम्पादन र कलरिङमा तयार भिडियोमा अभिनेत्री मिरुना मगर र किरण दाहालको अभिनय रहेको छ। 

यही भिडियोमार्फत किरणले आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका हुन्। गीत सार्वजनिक कार्यक्रममा निर्देशक मिलन चाम्स, गायक सनुप पौडेल लगायतका कलाकार्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गीत र भिडियो निकै उत्कृष्ट बनेको निर्देशक चाम्सले बताए। गीतको भिडियो :

 

Skip This
Skip This
Logo