एक महिना स्कुल बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

एक महिना स्कुल बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना स्कुल तथा कलेजको पठनपाठन बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला सहरमा रहेका शिक्षण संस्थाहरु एक महिना बन्द गर्न र अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो।

मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेकाले विद्यालय बन्द गर्न सिफारिस गरिएको जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले विद्यालय बन्द गर्न सिफारिस गरिएको जनाए ।

मन्त्रालयले काठमाडौँ उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्ज लगायत  १५  ठूला सहरमा विद्यालय बन्दको सिफारिस गरेको हो।

स्वास्थ्य मन्त्रालयले शिक्षण संस्था बन्दको सिफारिस गरे पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषद्ले भने निर्णय गर्न बाँकी छ।

Skip This
Skip This
Logo